२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

आयोडिन नुनको खपत बढ्दै

खलङ्गा – दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ ।

केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामीण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ ।

जनचेतना बुद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो । दार्चुलामा खलङ्गा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन् भने ब्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री वितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताउनुभयो ।

महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट चालु आर्थिक वर्षको फागुनसम्म एक हजार सात सय ३९ क्विन्टल ५० किलोग्राम बिक्री भएको कार्यालय प्रमुख कुँवरले जानकारी दिनुभयो । गत वर्ष ६ सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात थियो । चालु आर्थिक वर्षमा दुई हजार क्विन्टल आयोडिन नुन जिल्लालाई प्राप्त भएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा नुनको बिक्रीदर बढ्दै गएको गोकुलेश्वर डिपो प्रमुख लक्ष्मण सिंह धामीले बताउनुभयो । रासस

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७९ चैत्र १५

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP