धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको ‘र्यापिड टेस्ट’मा एकजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।
र्यापिड टेस्टमा पोजिटिभ नजिता देखिएका व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २० गते घर फर्किएका थिए ।
उनलाइ जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’मा राख्ने तयारी भइरहेको छ ।
आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।
र्यापिड टेस्टको लागि धादिङमा ३०० किट ल्याइएको थियो । २४० ओटा परीक्षण भइसकेको छ ।
काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...