२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

कैलालीमा थप एकजना महिला कोरोना संक्रमित

कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए।

उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाईरहेको बताए। यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।

यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ बैशाख १

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP