२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

टिकटकमा मास्कमाथी मजाक उडाउनेलाई कोरोना संक्रमण

नयाँ दिल्ली – भारतमा टिकटक भिडियोमार्फत मास्कमाथी मजाक उडाउने एक २५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण भएको छ।

मध्य प्रदेशको सागर जिल्लाका ती युवकले भारतले देशब्यापी लकडाउन लागु गरेपछि मोटरसाइकलमा चढेर किन मास्क लगाउने, यो त कपडाको सानो टुक्रा  न हो नी यसमा के विश्वास गर्नु बरु भगवानमाथी विश्वास गर्नुस् भन्दै मजाक उडाएको हिन्दुस्थान टाइम्सले जनाएको छ।

कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि अस्पताल भर्ना गरिएका ती युवकले अरु टिकटक भिडियो बनाउन नछाडेपछि प्रशासनले उनको मोबाइल खोसेको छ।

अर्को एक टिकटक भिडियोमा उनले हिन्दी गित फाया कुन फाया कुनमा कपडाको टुक्रा हावामा फालिरहेको देखिन्छ। रुघा र ज्वरो आएपछि ती युवक सरकारी अस्पताल भर्ना भएका थिए। शुक्रबार भएको परिक्षणमा उनलाई कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

Related News

छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
छिमेक लघुवित्तद्वारा शिखरमा स्वाथ्य शिविर सञ्चालन, ७ सय ३३ जनाले लिए सेवा 
  • २०७६ चैत्र ३०

दिपायल – शिखर नगरपालिकामा आयोजना गरिएको एक दिने निःशुल्क स्वाथ्य...

TOP