२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सेती अस्पतालमा उपचार भैरहेका तिन जना संक्रमितको अर्को रिपोर्ट पनि ‘पोजेटिभ’

एकजा संक्रमितको दोस्रो रिपोर्ट आउन बाँकी

कैलाली- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) संक्रमित धनगढीका युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकमा १४ गते कोरोना पुष्टि भएकोमा यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो भने आज तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

यससँगै उनको अस्पताल बसाइँ लम्बिएको छ। तेस्रो रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गर्ने तयारी थियो। दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए।

ति युवककी भाउजुमा पनि कोरोना संक्रमण भएको पुष्टि भईसकेकोमा उनको समेत दोस्रो रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

‘धनगढी कोरोना संक्रमित ३४ बर्षिय महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ। कञ्चनपुरका ४१ बर्षिय संक्रमितको पनि पोजेटिभ नै आएको छ। तर कैलालीको लम्कीका २१ बर्षिय संक्रमितको दोस्रो रिपोर्ट आउन भने बाँकी छ।’ डाक्टर जोशीले भने ।

अहिले सेती प्रादेशि अस्पतालमा चार संक्रमित सहित थप तीन जना संकास्पद विरामीको पनि उपचार भईरहेको छ। 

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ चैत्र २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP