२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

सुदूरपश्‍चिमका १५ सय १० जनाको नमूना संकलन,२३८ रिपोर्ट ‘नेगेटिभ’

कोरोना रोकथाम : सुदूरपश्‍चिममा १५ सय १० नमूना संकलन,२३८  रिपोर्ट 'नेगेटिभ'
डोटीको शिखर नगरपालिकास्थित पञ्चोदय माविमा रहेको क्वारेन्टाइनमा स्वाब संकलन गरिँदै। तस्बिर : खगेन्द्रबहादुर सिंह

धनगढी : कैलाली र कञ्चनपुरमा  गरिएको कोरोना जाँचको र्‍यापिड टेस्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशीक प्रयोगशाला धनगढीसहितको टोलीले बिहीबार र्‍यापिडटेस्ट किटमार्फत उक्त टेस्ट गरेका हुन्।

बिहीबार मात्रै कैलाली र कञ्चनपुरको विभिन्न स्थानमा क्वारेन्टाइन बसेकारुको र्‍यापिड टेस्ट गरिएको हो । कैलालीमा १७९ जना र कञ्चनपुरमा ५९ जनाको क्वारेन्टाइन स्थलमै र्‍यापिड टेस्ट गरिएको थियो । सरकारले, केही दिनअघि चीनबाट मगाएका टेस्ट किट जाँच्नयोग्य भएको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रमाणित गरेपछि क्वारेन्टाइनमै र्‍यापिड टेस्ट सुरु भएको हो ।

र्‍यापिड टेस्टका क्रममा मानिसको थ्रोट स्वाब फिल्डमै जाँच गरिन्छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले र्‍यापिड टेस्ट किटमा पोजेटिभ देखिएकालाई मात्रै रियल टाइम पिसिआर मेसिनमा ‘कन्फर्म’ गरेर मात्रै नतिजा सार्वजनिक गरिने जनाएको छ ।

यसका अलावा कैलालीमा अहिलेसम्म थप १९२ जनाको थ्रोट स्वाब पनि संकलन गरिएको छ । र्‍यापिड जाँच, थ्रोट स्वाब संकलन गरी कैलालीमा अहिलेसम्म ३७१ जनाको कोरोनाको जाँच भएको छ । तर थ्रोट स्वाबको केही रिपोर्ट आउन भने बाँकी छ।

डडेल्धुराको जोगबुडामा क्वारेन्टाइन बसेकाहरुको स्वाब संकलन गरिँदै । तस्बिर : धनबहादुर भण्डारी ।

यस्तै कञ्चनपुरमा पनि १५८ जनाको नमूना संकलन भएको छ । यो संख्यामध्ये ५९ जनाको भने बिहीबार नै र्‍यापिड टेस्ट किटमा रिपोर्ट नेगेटिभ आइसकेको छ । यस्तै बिहीबारसम्म सुदूरपश्चिममा पाँच जिल्लामा झण्डै १५ सय १०जनाको नमुना संकलन गरिएको छ । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालय, प्रादेशीक प्रयोगशाला, सेती प्रादेशीक अस्पताल र नेपाली सेनाको टोलीले तीब्ररुपमा कोरोना जाँच गरिरहेकाले सबैको जिल्ला अनुसारको तथ्यांक भने आइसकेको छैन । ‘स्वास्थ्यका सबै निकाय फिल्डमा खटिएका छन, क्वारेन्टाइनमा १४ दिन कटिसकेकाको जाँचका लागि सबै लागिपरेका छन, त्यसैले, एकिकृत तथ्यांक आउन केही समय लाग्छ,’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने ।

डोटीमा ३३० जनाको स्वाब संकलन

डोटीमा 3 सय ३० जनाको स्वाब संकलन भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ३ सय ५ र अन्य २५ जना गरी ३ सय ३० जनाको स्वाब संकलन गरिएको हो । नेपाल लकडाउन भएकै दिन यहि चैत्र ११ गते कैलालीको गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएका मध्ये डोटी घर भएका व्यक्तिलाई सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा जिल्लामा ल्याई विभिन्न क्वारेन्टाइनमा राखिएको थियो । तीनै मध्येका कैलालीका एकजनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि डोटीका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएको हो ।

संकलन गरिएको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए। 

डडेल्धुरामा ११९ जनको स्वाब संकलन

डडेल्धुरा जिल्लाबाट १ शय ९९ जनाको थ्रोट स्वाव सकंलन गरी काठमाडौ पठाइएको छ । जिल्लाको अमरगढी नगरपालिकाको डडेल्धुरा बहुमुखी क्याम्पसबाट सकंलन गरिएका ८१ जना, परशुराम नगरपालिकाको त्रिवेणी क्याम्पसबाट ७४ र साधनीबाट ४४ जनाको  थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए ।

बिहीबार बिहान नेपाली सेनाको टोली र स्थानीय स्वास्थ्यकर्मीको टोली स्वाब संकलनमा खटिएका हुन्। सेनाको टोली हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि डडेल्धुरा आएको थियो । भारतबाट आएका मानिस क्वारेन्टाइनमा बस्दा दिक्‍क भएकाले चाडो घरजान पाए हुने बताइ रहेका छन् । उनीहरुको नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर पठाइने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ।

बैतडीमा ४२५ जनाको थ्रोट स्वाब संकलन 

बैतडीमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब संकलन गरेको हो । स्वाब संकलन गरिएका नागरिकको स्वाबको काठमाडौंमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 
पुर्चौंडी नगरपालिकाको हाटमा १५९ जना, नकालीमा ७१ जना र गहताडमा ११३ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब संकलन गरिएको उनले बताए । 

बैतडीको पुर्चौंडी नगरपालिकामा क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब संकलन गरिँदै । तस्बिर : धनबहादुर साउँदको फेसबुकबाट 

कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी आइपुगेको हो । स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीय स्तरका स्वास्थ्यर्मीहरुको सहभागिता थियो। 

जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको पनि थ्रोट स्वाब दोश्रो चरणमा संकलन गरिने स्वास्थ्य प्रमुख योगेशप्रसाद भट्टले बताए । बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसीरहेका छन् । 

अछामबाट २ सय २६ जनाको स्वाब संकलन

अछाममा दुई दिन लगाएर २ सय २६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरसहित स्वास्थ्यकर्मीको टोलीले जिल्लाको बयालपाटा अस्पताल, सदरमुकाम मंगलसेन र कमलबजारमा गरी १९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।२ जना नेपाली सेना र ३ जना अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी गरी ५ जनाको टोली स्वाब संकलनका लागि हेलिकप्टरसहित मंगलबार अछाम आएको थियो । 

बाजुरामा शुक्रबार र्‍यापिड टेस्ट हुने

बाजुरा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको शुक्रबार र्‍यापिड टेस्ट गरिने भएको छ । बाजुरा जिल्लामा उपलब्ध ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर शुक्रबारदेखि र्‍यापिड टेस्ट हुने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । बाजुरा जिल्लामा ९वटा स्वारेन्टाइनमा ११७ जना छन्।

दार्चुलामा चेकजाँच नगरी घर पठाइयो 

दार्चुलाको दुहुँ गाउँपालिकाको क्यारेन्टाईनमा १४ दिन सम्म बसेकालाई घरजाने बेला कदर पत्र दिइँदै। तस्बिर : सुन्दरसिह धामी

दार्चुला  भारत र तेस्रो मुलुकबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका दार्चुलाका ४४ जनालाई चेकजाँच नै नगरी घर पठाइएको छ । जिल्लाको दुहुँ गाउँपालिका बसेका ३६ जना र मार्मा गाउँपालिकामा क्वारेन्टाइन बसेका १२ जनालाई बुधबार र बिहीबार घर पठाइएको हो । 

दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले क्वारेन्टाइनमा बसेका व्यक्तिले निकै अनुशासित तवरले बसेकाले कदरपत्र दिएर घर पठाएको बताए । १४ दिन पुगेपछि घर पठाउने नीतिअनुसार उनीहरुलाई घर पठाइएको अध्यक्ष कार्कीले बताए ।

साभार : अन्नपूर्ण पोष्ट डटकम

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७६ चैत्र २८

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP