२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कोरोना त्रास : विवाह व्रतबन्ध गरे कारबाही !

डोटी- वैशाख आउदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन् । त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन् ।

तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको छ ।

वडाकार्यालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण बन्देज गरेको जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कामहरु बन्देज गरेको उल्लेख गर्दै सूचनामा यो नियमको पालना नभए नियमअनुसारको कारबाही गरिने जनाएको छ ।
‘वैशाखामा विवाह, व्रतबन्ध व्यापक हुने । जसमा ठुलो भीड लाग्ने हुन्छ,’वडाध्यक्ष मानबहादुर मल्लले भने,‘त्यसबाट कोभिड–१९को संक्रमणको जोखिम उच्च हुनेभएकाले यस्तो निर्णय गरेका हौ ।’

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र २८

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP