डोटी- वैशाख आउदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन् । त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन् ।
तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको छ ।
वडाकार्यालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण बन्देज गरेको जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कामहरु बन्देज गरेको उल्लेख गर्दै सूचनामा यो नियमको पालना नभए नियमअनुसारको कारबाही गरिने जनाएको छ ।
‘वैशाखामा विवाह, व्रतबन्ध व्यापक हुने । जसमा ठुलो भीड लाग्ने हुन्छ,’वडाध्यक्ष मानबहादुर मल्लले भने,‘त्यसबाट कोभिड–१९को संक्रमणको जोखिम उच्च हुनेभएकाले यस्तो निर्णय गरेका हौ ।’
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...