२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

संकटमा नागरिकको स्वतन्त्रतामाथि खेलवाड भयो

नेपाली कांग्रेसको भातृसंस्थाका पूर्वअध्यक्षहरुले सरकार कोभिड–१९को महामारी रोकथाममा गम्भिर नभएको भन्दै आपत्ती जनाएका छन् । नेविसंघ र तरुण दलका पाँचजना पूर्वअध्यक्षहरुले संयूक्त प्रेस विज्ञप्ति निकाल्दै सरकारको आपत्ती जनाएका हुन् ।

विश्वव्यापी रुपमा कोभिड–१९ को महामारी फैलिएको तीनमहिना बित्दासमेत सरकार सोप्रति संवेदनशिल नभएको पूर्वअध्यक्षहरुको आरोप छ । उल्टो विश्व आक्रान्त बनेका बेला परीक्षण सामग्री र स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने बेला जिम्मेवार मन्त्री नै निहित स्वार्थ र कमिसनको खेलमा लागेको कुरा बाहिर आउनु र प्रधानमन्त्रीले त्यसको नजरअन्दाज गर्दै भ्रष्टाचारीको संरक्षणमा लागेको विज्ञप्तिमा आरोप लगाईएको छ ।

उनीहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

‘संकटको बेला छोपी नागरिकको स्वास्थ्यमाथि भईरहेको यो तहको खेलवाडको जति भत्र्सना गरेपनि पुग्दैन,’ विज्ञप्तिमा भनिएको छ,‘जनताको स्वास्थ्य प्राथमिकतामा राख्नुपर्ने बेलामा स्वार्थवश ठेक्का दिएकै कारण अहिलेसम्म परीक्षणको दायरा बढ्न सकेको छैन् । जसका कारण नागरिकको स्वास्थ्य थप जोखिममा परेको छ ।’

विज्ञप्तिमा विभिन्न बाहनामा स्वार्थ समूहलाई नै पोस्नेगरी सरकारले स्वास्थ्य सामग्री खरिदमा ढिलाई गरिरहेको भनिएको छ । ‘स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल दरुण दलका पूर्वअध्यक्षहरु विनोद प्रसाद कायस्थ र उदय शम्शेर राणाका साथै नेविसंघका पूर्वअध्यक्षहरु महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले हस्ताक्षर गरेका छन् ।
उक्त संयुक्त विज्ञप्तीमा ज्यानको बाजी लगाएर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई बिशेष धन्यवाद दिदैँ उनीहका सुरक्षाका लागि पीपीई लगायतका स्वास्थ्य सामाग्रीको प्रबन्ध गर्न सरकारसंग माग गरिएको छ ।


साथै देशमा करिब पाँचसयको मात्रामा रहको भेन्टिलेटरको संख्या बढाएर एकहजा पाँचसय पु¥याउन, गुणस्तरीय टेस्टिङ किड र मेशिनको उचित प्रबन्ध गरी प्रदेशमा भएका प्रयोगशालाको क्षमता वृद्धि गर्न तथा पर्याप्त विशेषज्ञको व्यवस्था गर्न माग गरिएको छ ।


यस्तै पूर्व अध्यक्षहरुले देशका दक्षिण भूभागमा खुला सिमानाका कारण लुकिछिपी लकडाउन उल्लंघन गर्ने क्रम जारी रहेकाले सिमामा रहेका नेपालीहरुको नैसर्गिक अधिकारको ख्याल गरी उनीहरुलाई सुरक्षित तवरले आफ्नो देशमा ल्याएर क्वारेन्टाईनको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यान आकृष्ट गराएका छन् ।


महामारीबाट आउन सक्ने सम्भावित संकटलाई आत्मसाथ गरी चेकजाँचको बिशेष व्यवस्था मिलाउन, न्यून आएका भएका मजदूर किसानका लागि बिशेष राहत, उद्योगी व्यावसायीका अवस्था हेरेर राहत तथा विदेशमा रहेका विद्यार्थी कामदारको स्थिती पत्ता लगाएर कुटनीतिक नियोगमार्फत उचित कदम चाल्न पनि पूर्वअध्क्षहरुले सरकारसँग जोडदार माग गरेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र २७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP