२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

देशभर झन्डै ८ हजार व्यक्ति ‘क्वारेन्टाइन’ र १९३ जना ‘आइसोलेसन’मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्वारेन्टाइन’मा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ‘टेस्ट किट’ पठाएको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशबाहिरबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको कोरोना परीक्षणका लागि प्रदेशहरुलाई किट उपलब्ध गराइएको बताए ।

हाल विभिन्न स्थानमा सात हजार ९४० जना क्वारेन्टाइनमा रहेको भन्दै डा. देवकोटाले बागलुङ, म्यादी र पर्वतमा पनि ‘र्‍यापिड टेस्ट’ सुरु भइसकेको बताए ।

यस्तै, कैलाली र कञ्चनपुरबाट आएका ६६ जनाको परीक्षणमा कोरोनाभाइरस नदेखिएको र अरु नमुनाहरु परीक्षण भइरहेकोे उनले जानकारी दिए ।

डडेल्धुरा र बैतडीमामा किट पुगेको, अछाम र जुम्लामा परीक्षण भइरहेको भन्दै उनले ती जिल्लाहरुमा ४०० जनाको नमुना परीक्षण गरिने जानकारी दिए ।

हाल पाटन, विराटनगर र बुटवलमा ‘पीसीआर’को ठूलो मेसिनबाट परीक्षण गराउने तयारी भइरहेकोसमेत उनले जानकारी दिए ।

हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हजार ३८२ जनाको स्वास्थ्य परीक्षण भइसकेको र प्रदेशमा ५१३ जनाको नमुना परीक्षण भइसकेको भन्दै डा. देवकोटाले देशभर १९३ जना ‘आइसोलेसन’मा रहेको र उपचारमा रहेका ८ जनाबाहेक अन्यमा संक्रमण नभेटिएको बताए ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७६ चैत्र २७

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP