२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

टेकु अस्पतालमा डिसइन्फेक्सन गेट

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा प्रवेश गर्नेहरुलाई संक्रमणबाट जोगाउन अटोमेटिक स्यानिटाइजर गेट बनेको छ ।

अस्पताल आउजाउ गर्ने स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई संक्रमण नहोस् भनेर नेपाल मारवाडी युवा संघको सहयोगमा स्यानिटाइजर गेट बनाइएको अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

उनले भने, ‘बक्सको माथि स्यानिटाइजर हालिएको हुन्छ । २० सेकेण्ड जति बस्दा त्यहाँ बाफ आउने र स्यानिटाइजर छर्किने काम हुन्छ, जसको कारण किटाणु रहिरहन सक्दैन ।’

भारतका केही अस्पतालमा पनि यस्तै डिसइन्फेक्सन गेट–वे बनाइएको छ ।


Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र २७

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP