२०७७ मंसिर २०, शनिबार
December 5, 2020, Saturday

कारोनाका कारण सडकमै जन्मियो बच्चा

नेपालगञ्‍ज- भारतीय एक हुल मानिस बाँकेको सीमानामा देखिए। कुसुम क्षेत्रमा आइपुगेका उनीहरु अलपत्र अवस्थामा थिए। बाँके प्रहरीले उनीहरुको उद्धार गर्‍यो।

भारत नानपाराका ६७ जना चितवन पुगेका रहेछन्। लकडाउनले गर्दा समस्या परेपछि उनीहरु घर जान भन्दै हिँडेका थिए । १२ औं दिन बाँकेको सीमानामा आइपुगेका थिए। मान्छेले समस्या परेपछि घर अनि परिवार सम्झिन्छ। यी भारतीयहरु पनि घर सम्झिएर आउँदै थिए।

हिडेर आउँदा एकजनाले बाटोमा बच्चा जन्माइन् । त्यही सुत्केरी पनि हिँडिरहिन् । बाँकेको नाकामा आइपुगेका उनीहरुलाई बाँके प्रहरीले उद्धार गरेर कोहलपुरको हवल्दारपुरस्थित राम माविमा पुर्‍याएको छ। उनीहरुलाई त्यही बस्ने व्यवस्था मिलाएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बताए ।

नानपाराका यी पत्थरकट्टा जाती सडकछेउमा पाल टाँगेर बस्ने र विभिन्न सामानहरु बनाएर बेच्ने गर्दछन् । यी जाति कुनै एक ठाउँमा मात्रै बस्दैनन् । ठाउँ सरिरहन्छन्। इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, बाँके आइपुगेका भारतीयमा १८ वर्षमुनिका ३७ जना, १५ पुरुष र १५ महिला रहेका छन् ।

सीमावर्ती अधिकारीहरुले नेपालमा फसेकालाई भारतीयलाई नेपाल र भारतमा फसेका नेपालीलाई भारतीयले व्यवस्थापन गर्ने सहमति भएको छ । जस अनुसार नै यी ६७ जना भारतीयलाई स्थानीय प्रशासनले विद्यालयमा टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाएको छ। नेपाल आर्मीले पहिलो दिन खाना खुवाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी बीरबहादुर ओली, डीएसपी शिवबहादुर सिंहलगायतको टीम भारतीयलाई राखिएको ठाउँमा पुगेर फर्किएका छन्।

Related News

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत
जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत
  • २०७६ चैत्र २७

डोटी- जिल्ला प्रहरी कार्यांलय डोटीमा कार्यरत प्रहरी निरीक्षक सहितका चार जना प्रहरी पुरस्कृत भएका छन् । बझाङकी १२ वर्षीया बालिकाको...

रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण
रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण
  • २०७६ चैत्र २७

बैतडी- गैर सरकारी संस्था रुडेसले एकहजार घरधुरीलाई म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण गरेको छ । ग्रामिण विकास एवं वातावरण...

सरकारसँग सर्वोच्चले माग्यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्नुको कारण
सरकारसँग सर्वोच्चले माग्यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्नुको कारण
  • २०७६ चैत्र २७

काठमाडौं- सर्वोच्च अदालतले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता...

TOP