२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

मुख्यमन्त्रीको सम्बोधन माथी आलोचनै-आलोचना : पढ्नै नजानेको कटाक्ष

डोटी- सुदूरपश्चिममा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि आईतबार प्रदेशका मुख्यमन्त्री त्रिलोचना भट्टले प्रदेशबासिका नाममा सम्बोधन गरेकाछन् । सामाजिक सञ्जालमा मुख्यमन्त्रीले गरेको सम्बोधनको चौतर्फी आलोचना भैरहेको छ ।

यस अघि कोरोना भाइरसका कारण प्रदेशबासीमा त्रास छाएको, प्रदेश सरकार हराएको जस्ता टिकाटिप्पणी हुँदै आएका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले नै प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिएपछि मुख्यमन्त्रीले आईतबार लिखित पाना पढ्दै सम्बोधन गरेका थिए । सम्बोधन पछि मुखयमन्त्रीको मात्रै नभएर प्रदेश सरकारका सल्लाहकार तथा उनलाई मतदान गर्ने मतदाताहरुको समेत आलोचना भैरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा करिब डेढलाखबढी नागरिक भारतबाट नेपाल प्रवेश गरे । भारत जहाँ नोवेल कोरोनाभाईरस(कोभिड–१९)ले आफ्नो कहर बर्साईरहेको छ । त्यहाँबाट यत्रो ठुलो संख्यामा नेपाली आउदा कुनै सतर्कता अपनाईएन । धमाधम गाउँघर पस्न दिईयो । संघीय सरकारले ‘लकडाउन’ ग¥यो । सयौँ सुदूरपश्चिमेली नागरिक नाकामा थन्किए । उनीहरु नपाउनु सास्ती भोगिरहेका छन् । नेपालमा पनि कोभिड–१९ संक्रमण देखिन थाल्यो, सुदूरपश्चिममै चारजनामा देखियो । जसमध्ये दुई भारतबाट आएकाा संक्रमण देखिएको छ । प्रदेशभरी अवस्था भयावह् छ ।

मुख्यमन्त्री चुँईक्क बोल्दैनन् ! प्रदेश सरकार कानमा तेल हालेर बस्यो । यति यावत् हुँदासम्म प्रदेश सरकारले न केही सतर्कता अपनायो, न केही सन्देश दियो । यसको फलस्वरुप पछिल्ला केहीदिनयता सुदूरपश्चिम सरकारको व्यापक विरोध भईरह्यो । अन्ततः आईतबार दिउँसो मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीका नाममा सम्बोधन गर्ने जाँगर देखाए ।

करिब १४ मिनेट जति गरेको उनको सम्बोधनले आम प्रदेशबासीको भावना भने समेट्न सकेन । बरु उल्टो हाँस्यास्पद बनेको छ । सम्बोधनका बारेमा यतिबेला सामाजिक सञ्जालमा चरम टीकाटिप्पण्ी भईरहेको छ ।
उनको सम्बोधनलाई लिएर स्वयम् उनकै पार्टीसंग आवद्धहरुले समेत चर्काे कटाक्ष गरिरहेका छन् ।

‘हाम्रो सुझाव थियो–राजनीतिक सल्लाहकार राख्नुस, प्रेस सल्लाहकार राख्नुस् । देखियो त आज टीमवर्कको तयारी ?’ पुर्व माओबादी लडाकु तथा नेपाल कम्युनिष्ट पार्टी डोटीका नेता भरत बोहराले फेसबुकमा लेखेका छन् । उनले सोही स्टाटसमा ‘वर्ता भयो नभन्सेला’ भनेर थप लेखेका छन् । उनको सोही स्टाटसमा मुख्यमन्त्री कार्यालयमा केही समय बिताएका नेकपा डोटीका नेता एबं पत्रकार लोकेश अधिकारीले ‘यस्तै हो कमरेड, जे भो राम्रैका लागि भो’ भनेर कटाक्ष गरेका छन् ।

धनगढीका पत्रकार एकीन्द्र तिमिल्सेनाले ‘सुदूरपश्चिमका मुख्यमन्त्रीको सम्बोधन छ भन्ने सुन्दा केही आशा जागेको थियो । सुने, सम्बोधन रहेनछ । लिखित मन्तब्य रहेछ । यसैगरी पाँचवर्ष गए त ! भनेर कटाक्षसहित लामो स्टाटस लेखेका छन् ।
मुख्यमन्त्रीको सम्बोधनका क्रममा शब्दको उच्चारण र शैलीलाई लिएर समेत सामाजिक सञ्जालमा तीब्र कटाक्ष चलिरहेको छ । उनले लिखित सम्बोधन पढ्न निकै कठिनाई भईरहेको अनुभूति हुन्छ । नोवेल कोरोनाभाईरस सम्बोधन गर्दा उनले दुईपटक ‘नोवला’ भनेर सम्बोधन गरेका छन् । पटक–पटक अड्कीएका छन् ।

सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको ‘सन्देशविनाको सम्बोधन’ भनेर पनि टिप्पणी भईरहेको छ । पत्रकार केशव साँवद फेसबुकमा लेख्छन्,‘अनि सुदूरपश्चिमेलीलाइ गरिएको सम्बोधनको सारांश के रहेछ ? बुझाई पाउँ न ?’

सम्बोधनमा के थियो ?

मुख्यमन्त्री भट्टले आईतबार प्रदेशबासीका नाममा गरेको सम्बोधनको अधिकांश ठाउँमा प्रदेश सरकारले गरेको कामभन्दा समन्वय गरेको कुरा बढी उल्लेख छ ।

उनले सम्बोधनको सुरुवातमा प्रदेश सरकारका सबै संयन्त्रमार्फत आम जनमुदायलाई सचेत र सजग गराउन शुरुदेखी नै समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताएका थिए । यसका लागि स्थानीय प्रशासनसंग समन्वय गरी भारतबाट आएकालाई क्वारेन्टाईनमा राखेको बताएका छन् ।

यसबाहेक स्थानीय तहलाई कोरोाबाट सतर्कता बढाउन रकम दिएको कुरा उल्लेख गरेका छन् । नेपाल प्रवेश गर्न नसकी सीमामा अलपत्र परेका नेपालीलका सन्दर्भमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउदै उनले नेपाल सरकारसंग अनुरोध गरेको बताएका छन् । त्यस सन्दर्भमा नेपाल सरकार र छिमेकी भारत सरकारको सहमतीमा उनीहरुलाई उतै क्वारेन्टाईनमा व्यवस्थापन गरिएको बताएका छन् । यद्यपी उनीहरुलाई छिट्टै नेपाल प्रवेश गराएर स्थायी समाधान खोज्न प्रदेश सरकारले समन्वय गरीरहेको बताएका छन् ।

सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेको, महाकाली प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरु तथा स्वास्थ्य कार्यालयहरुलाई आईशोलेसन वार्ड बनाईएको र त्यसका लागि आवश्यक रकम उपलब्ध गराएको उनले बताएका छन् ।

संघ सरकारबाट प्राप्त र प्रदेशमै खरिद गरिएका स्वास्थ्य समाग्रीहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालयबाट जिल्ला र स्थानीय तहमा पठाएको सम्बोधनमा उल्लेख गरेका छन् ।

मुख्मयन्त्री भट्टले कोरोना परिक्षण प्रयोशाला बनाउन सेती प्रादेशिक अस्पताल, जिल्ला डोटी अस्पताल र बैतडी जिल्ला अस्पताललाई संघ सरकारमा सिफारिस गरिएकोमा सेतीमा भईसकेको तथा डोटी र बैतडीका लागि समन्वय गरिरहेको सम्बोधनमा उल्लेख गरेका छन् ।

कोरोना रोकथाम र सतर्कताका लागि प्रदेश सरकारले ४० करोडको आपतकालिन कोष निर्माण गरेको र त्यसमा बैंक र वीत्तीय र अन्य क्षेत्रबाट रकम जम्मा हुने क्रम जारी रहेको उनले बताएका छन् ।

दैनिक ज्यालादारी गरेर गुजारा चलाउने, विपन्न र असाहायका लागि राहत वितरण गर्न प्रयासरत रहेको व्यहोरा सम्बोधनका क्रममा बताएका छन् ।

कैलाली र कञ्चनपुरमा ¥यापीड टेस्ट किटमार्फत संघ सरकारले कोरोना परिक्षण गर्ने निर्णय लिएकोमा बाँकी जिल्लामा पनि यसको सुरुवातका लागि समन्वय गरिरहेको सम्बोधनमा उल्लेख गरेका छन् ।

हेर्नुस् शिखर समाचारले मुख्यमन्त्रीको सम्बोधन कस्तो लाग्यो भनेर सोधेको प्रश्नमा कस्ले के भने ?

  • Rabindra Singh म ४/५ मा पढ्दा को याद आयो नेपाली किताब को कबिता पढे जस्तो
  • Gobinda Awasthi अनुरोध गरिएको बाहेक के नै छ र ।
  • Dipak Bahadur Khadka प्रदेश ,संरचना खारेजी गराै काम जति स्थानीय तह , स्थानीय प्रशासन र केन्द्र सरकारले गर्ने । बिचमा दलालि किन
  • Prakash Joshi एक दम राम्रो छ ।
  • Active NowSurendra Bhatta सामन्ती निरूॅकुश ,केन्द्रीकृत र एकात्मक राज्यव्यस्थाले सृजना गरेका विभेद र उत्पीडनको अन्त्य गर्ने एवम् लोकतंत्र र अग्रगामी परिवर्तनका लागी उहाँले गरेको सशस्त्र सॅघर्ष ,त्याग र वलिदानको पनि स्मरण गर्नु पर्छ ।
    तसर्थ :-Covid-19 बाट आफु बचौ र अरूलाई पनि वच…See More
  • Surendra Bhatta Tek Khadka सकारात्मक सोचको विकास द्वारा कमजोरी को अन्तय गरौ भन्ने मात्र हो ।
  • Active NowTek Raj Awasthi संस्कृत राम्रो संग पढ्न नआउने पण्डितले बाचन गरेको सत्यनारायण को कथा जस्तो कनिकुथी पढेको
  • Active Nowडिल्ली ‘रमण’ जोशी मलाइ त कक्षा दशमा पढ्दा चक्र खडायत सरले बिज्ञानको भाइरस पाठ पढाइरहदा म साथीहरू संग लास्ट बेन्चमा जिस्किरहेको याद दिलायो।
  • Mukesh Zora खोक्रो भाषणमा विज्ञता हुदैन भन्ने कुरा प्रष्ट भयो ।
  • Tek Chand Smriti maileta kehi bujhina phupa hunuparne sambodhana kehi bhayanakiDelete or hide this
  • Khagendra Joshi धेरै राम्रो लाटा देशका गाणा तन्नेरी योग्यताको र बलिदानको मुल्यांकन नबुझ्ने हामी डोटेलीDelete or hide this
  • Active NowKhagendra Badaila 1class padhne baccha ka jastoDelete or hide this
  • Saroj Singh दोष मुख्य मन्त्रीको होइन, उनको क्षमता, दक्षता तथा बिज्ञता नागरिकलाई थाहा थियो। यतिबेला उनलाई होइन, जिताउने नागरिकले लज्जबोध गर्ने हो ।
  • Chakra Jethara म पनि सहमत
  • Man Mohan Paneru हाम्रो प्रदेशको बदनाम भएको जस्तो लग्यो ।
  • Gokarna Sharma भाषण होईन सुदूरपश्चिममा कोरोना बिरुद्द लड्ने plan of action चाहियो !!!
  • Nabin Chapagain नेपाल टेलिकमको CRBT ट्युन जस्तो !
  • Active NowBoktani King ऐक दम राम्रो लाग्याे हजुर , पहिलोपटक तेस्तै हुन्छ अब राम्रो हुँदै जान्छ ।। अाफै गयर मुख्यमन्त्री भयका हैन्न जनता लेनै चुनेरै पठाका हुन ।।
  • Active NowRajesh Thagunna के भन्नु छ र खै ,डाेटीका जनताले गर्दा 8 जिल्लाका मानिस ले दुख पाय ,प्राेडशिक्षा कार्यक्रम पनि गाउघर तिर चलेका हुन सिकेन छ माेरा ले ।।।
  • Ghanshayam Mahara Ghayal मुख्यमन्त्री का जूका हरू को कम्जोरी हो जुका भन्नाले सल्लाहकार हरू को कम्जोरी हो
  • Active NowSabin Rokaya Galti doti basai ko ho aru kasi chaina manxe China. Sakena kathi baraDelete or hide this
  • Bhaktaraj Joshi भाशणको धुन लय अनि ताल भन्दा पनि कोरोना बाट वचन अब पछिको योजना केहो भन्ने थाहा पाउन सकेको भए जनता आभारी हुने थिए । हिजो सम्म जे गरियो त्यो प्रभाबकारी र पुर्ण छैन भन्ने सरकार स्वयंले भनिसकेको छ ।
  • Himalaya Sharma सुनेरै चित्त बुझ्यो ।कठै
  • Harkesh Dhami भाषण होईन सुदूरपश्चिममा कोरोना बिरुद्द लड्ने plan of action चाहियो !!!
  • Active NowDinesh Balayar Hami janata ko dosh ho k dai khaas ma , yasta veda haru lai select garxau feri aafai karauxau .. malai lagxa yasta veda haru lai choose garera galti garnu vanda pahile sochauDelete or hide this
  • लोकेन्द्र बिबश बिष्ट लेखेको कुरा ,राम्रो संग पढ्न पनि जानेन ,डाम्नाले
  • Harkesh Dhami भाषण होईन सुदूरपश्चिममा कोरोना बिरुद्द लड्ने plan of action चाहियो !!!
  • Raj Kumar चौकीदार को रक्सी मा बीके का सुदूर का जन्ता हो अब थाहा भयो होला नि अनपढ़ लाई देस सुम्पीदा को नतीजा आफै भोग
  • Active NowRamesh Joshi सुदुरपश्चिम प्रदेश सरकार कोरोना रोकथाम र साक्षरता अभियान सङ्गसङ्गै चलाउनु पर्ने देखियो। भिजन बिनाको कर्मकाण्डी । सरकार कति निकम्मा छ। अनि कसरी चलेको छ आजकै सम्बोधन बाट स्पष्ट भएको छ। नेकपा भन्ने पार्टी होसमा छ भने मुख्यमन्त्री फेरे उत्तम। नत्र त भिरमा लडेको गोरुलाइ……
  • Active NowShankar Bist 5/6कक्षा मा पढेको बेला को याद आयो। र चौकीदार लाई चौकीदारी नै सुहाउने जस्तो लाग्यो।
  • Active NowAakash Birahi Bohara म केहि पनि बोलिन यो बिषयमा
  • Active Nowपश्चिमेली डोटेली लोकेन्द्र कठायत लेखेपढेका भनेका लेखे पढेका नै हुन जसले निर्णय गर्न होस, वा कुनै सम्बोधन गर्न राम्रो सग आउन्छ र गरेका निर्णयले भबिस्यमा हुने खतराका बारेमा बुझेका हुन्छन् तर अलि कम पढेकाहरुमा यो प्रयोग धेरै कम हुन्छ ।
    अर्को सम्बोधन कसरी गर्यो गलत भयो भन्ने…See More1
  • गगन क्षेत्रि पश्चिमेली डोटेली लोकेन्द्र कठायत सही भन्नु भो सिर
  • Gautam Bashudev नर्सरी क्लास मा पढ्दै हुनुहुन्छ ।धेरै टिप्पणी नगर्दै राम्रो
  • Active NowBiraj Thakulla लेखेको पढन ईष्पट बोलन पनि आउदैन हाम्रा मुख्यमंत्री ज्यु लाई यस्तो मंन्त्रीहरूलाई अरू केनै भन्नु पर्छ सुदूरपश्चिमको नाम बेजत गरेनी बाम्नाले
  • नरेन्द्र बिहानी फेरि प्रौढ कक्षा संन्चालन होस् भन्न चान्चु
  • Sangam Balayar Ahile desh bachaune ki aalochana garer basne dai desh bache paxi tee kuraharu xadai xan1Delete or hide this
  • Man Bahadur Balayar मुख्य मन्त्रिको सम्बोधनमा कुनै ठोस योजना सम्बोधन नहुनु दुखको कुरा हो। नेपालकै सबै भन्दा बढी कोरोना संक्रमण प्रदेश सुदुर पश्चिम प्रदेशमा देखिएको अबस्थामा सुदुरपश्चिम सरकार देशलक डाउन भएका बेला आफै ट्राइर्ड डाउन भएको आभास भएको छ जनता लाई लेखेको भाषण त जसले पनि राम्रै पढ्छ।तर ठोस योजनाको सम्बोधनको कुनै अर्थ छैन हात्ती आयो हात्ती आयो फुसा भने झै हो।
  • Hàrkã Bãhàdúr Bådāïlä Ñäkkālé मुख्यमन्त्री बन्ने खाल्को मान्छे हैन तीर्लोचन भट्ट सबै नेता हरु भन्दा एक दमै नाजुक छन्
  • Shiv Khadka के छ ठिकै छ नि हो समर्थन
  • Active NowChhaka Malla काम नभएर खालि समय बिताउका लागि गरिएकोजस्तो थियो
  • Laxman Bisht सिकाईकाे दाैरानमा यस्तै हुन्छ, पछि राम्रै हाेला कि
  • Laxman Bisht Rumi Kathayat jai hari krisna😂😂😂
  • Bijayaraj Ojha Wal ma xaDelete or hide this
  • Active NowBinod Khadka 90 भनेर रोगको नया नामाकरण गरेको मा लज्जीत बनायो
  • Phulara Sstt Covin 90.. ani sankramit bhanna janenan,, dherai mistake chha ,, dherai ,,
  • Active NowMahesh Ojha सबै कुरा समाचार मा आएकै कुरा भनेछन् 😁😁 अनि रह्यो बजेट को त्यो आइले lockdown को बेला आफ्ना कार्यकर्ता लाई खर्च पानी भन्या हुन्न🤣🤣
  • Active Nowनिर्मला शाह मलाइ मात्र हासो लाग्यो अनि आफ्नो ठाउको दया लाग्यो।
  • Active NowSarobar Badaila जे भनेका छन ठिक भनेका छन तर एउटा कुरा 1 class मा क, ख पढ्दा को याद दिलायो
  • Nirmala Rawal बाबु जसले जे जति जानेछन् उति नै भन्छन र गर्नेछन् भन्ने मात्रै हो । सल्लाहकार राम्रो भयनन भने हाम्रो शेर बहादुर देउवालाई नियोजित रुपमा बिज्ञप्ती पढन लाय जस्तै हो ।
  • Active NowDeepak Raj Joshi राम्रो सङ्गग पढ्न नजान्ने ले पढेको समाचार जस्तो
  • Active Nowकर्ण बलायर
  • Active NowBichar Rheetu जनताले कस्तालाई चुनेछन्, उदेकलाग्दो बरै ।
  • SK Tamang Right time right info
  • Active NowGanesh Bdr Ayer नेपाली काङ्ग्रेस का शभापति शेर बहादुर देउवाको भन्दा राम्रोसँग बुझिएको छ ।
  • Bharat Bk एउटा लेखेको कुरालाई प्रष्टसँग उच्चारण गर्न त बराबर आउँदैन कसरी मुख्य मन्त्री भयो फेरि सम्बोधन पनि ठोस निर्णय योजना नहुनु धेरै दुःखको कुरा हो!
  • Active NowChakr Khadka सटकट भन्दा हली को गोरु हराय जस्तो😆
  • Mahesh Nepal गफको लागि गफ त ठिकै छ तर जनताको चित्त बुझेन । दोश पनि कस्लाई दिनु र ? आखीर हामीले नै छानेका हौँ । हामीनै उल्लु रैछौँ ।

Keshav Balayar हाम्रो मुख्यमन्त्री ज्यु संग प्राज्ञिक ज्ञान नभए पनि इमानदारीता छ जस्तो लाग्छ । कमजोरी मै प्रक्षेपण गर्नु न्यायसंगत हुँदैन । परिणामले भोलिको निर्क्योल गर्नेछ । समय मुख्यमन्त्रीज्यु संग छ । Rajesh Thagunna Keshav Balayar त्यहि इमानदारीता ले गर्दा जनताकाे कर बाट उठायकाे करोडौं पैसा बिकासकाे नाम मा बिनास भाे दादा फेरी 40 कराेड रे डाम्नाे ले गर्याे

Balayar Padam Janta le aaphno netrito aapno xemata ,yogyata,gyankostar aadibat xanne gardaxan,yasai bat prast xa jasa janta usai neta. ( i request all the people of far-west province this time is not the time of conforntation or deabate)

यस्तो छ मुख्यमन्त्रीको सम्बोधन भिडियो

Related News

सेती–३ आयोजना प्रभावितद्वारा प्रदर्शन
सेती–३ आयोजना प्रभावितद्वारा प्रदर्शन
  • २०७६ चैत्र २३

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै निर्माण हुने ८७ मेगावाट क्षमताको...

TOP