२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

लकडाउन थप्ने विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर लगाइएको लकडाउन थप्नेलगायत विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए।

बालुवाटार स्रोतका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आइतबारको बैठकमा समीक्षा गरिनेछ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७६ चैत्र २२

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP