२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

सेती अस्पतालमा उपचार भैरहेका कोरोना संक्रमितकी भाउजुमा पनि कोरोना लक्षण

कैलाली- सेती अस्पतालमा उपचार भैरहेका कोरोना संक्रमितकी भाउजुलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छ । होम क्वारेन्टाईनमा बसेकी उनलाई कोरोना सम्भावित लक्षण देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ ।

दुबईबाट नेपाल आएका ३४ वर्षीय ति युवकलाई कोरोना पोजेटिभ देखिएपछि उनका परिवारका १० जना सदस्यको नमूना संकलन गरिएको थियो । ती महिला सहित संक्रमितका परिवारका सदस्यको रिर्पोट आज आउने अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

संक्रमितका परिवारका सदस्यलाई तीन दिन धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिएको थियो भने सुरुमा नमूना समेत संकलन नगरी घर पठाईएको थियो । घर पठाएको दोश्रो दिन अस्पतालमा ल्याएर १० जनाको स्वाव संकलन गरिएको थियो ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र २२

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP