२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

सिडियोले सोधे,‘तपाईंको मास्क खोई ?’ (भिडियो सहित)

डोटी– डोटीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी नै स्वास्थ्य मापदण्डको पालना गराउँन सडक तथा बजारमा निस्किएका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, शसस्त्र प्रहरी प्रमुख हर्क बहादुर विष्ट, प्रहरी प्रमुख दान बहादुर मल्ल लगायतको टोली ‘तपाईंको मास्क खोई’ अभियानमा सरिक भएको हो ।

टोलीमा पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, डोटी उद्योग वाणिज्य संघ, सशस्त्र प्रहरी समेतको सहभागिता रहेको थियो । बास नेपालको आयोजनामा जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा ‘तपाईंको मास्क खोई’ अभियान संचालन गरिएको हो ।

कार्यक्रम अन्तरगत माक्स बिना प्रबेश निषेध पोष्टर, सन्देश मुलक स्टीकर, फ्याक्स प्रिण्ट सार्वजनिक स्थान तथा सार्वजनिक गाडीमा टाँस गरिएको थियो । त्यस्तै मास्क प्रयोग नगर्ने व्यक्तिहरुलाई मास्क र अभियानमा सहभागिलाई मास्क खै लोगो वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी विष्टले बजार आउँदा, गाडी चढ्दा, सार्वजनिक स्थानमा जाँदा, व्यापार गर्दा अनिवार्य मास्क लगाउँनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी विष्टले मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई तपाईंको मास्क खोई’ भनेर सोधेका छन् । बजारमा, सार्वजनिक यातायातमा भिडभाड नगर्न पनि बताए । पहिलो चोटीका लागि मास्क दिएर अनुरोध गरिएको बताउँदै उनले दोस्रो पटक मास्क नलगाएको भेटिएकाम कारबाही गरिने बताए ।

टोलीले बजार, बैंकहरु, पसलहरुमा समेत स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गरेको थियो ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ १३

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP