२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

नयाँ समाज नेपाल, डोटीद्वारा माक्स र सावुन बितरण

डोटी : नयाँ समाज नेपाल, डोटीले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा माक्स र सावुन वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानियहरुलाई माक्स र सावुन उपलब्ध गराएको हो ।

वडामा ८०० वटा माक्स र सावुन वितरण गरिएको नयाँ समाज नेपालका अध्यक्ष रोशन कठायतले बताए । उनले बजारमा माक्सको अभाव भएकोले वडाबासीलाई माक्स उपलब्ध गरेको बताउँदै नियमित सरसफाईका लागि बानि बसाउँन साबुन वितरण गरिएको बताए ।

बितरणका क्रममा वडावासिहरुलाई कोरोना भाइरसबारे जानकारी दिनुका साथै यसका लक्षण र वच्ने उपाएका बारेमा घरदैलो कार्यक्रमगरी जनचेतना जगाएको नयाँ समाज नेपालका सचिव बलबहादुर कठायतले बताए ।

कोभिड १९ को संक्रमण फैलिन नदिन उक्त संस्थाले राजपुरस्थित हेल्थ डेक्स स्थापनाका लागि सहयोग गरेको थियो । हामी कोरोना भाइरस नभित्रियोस्, यसको संक्रमण नदेखियोस् भनेर कामगरिरहेका छौं, अध्यक्ष कठायतले भने,‘यसको संक्रमण फैलिहालेको खण्डमा आफ्नो सम्पुर्ण कार्यसमिति परिचालगरि नियन्त्रण र ठुलो महामारीबाट जोगाउँन सरोकारवाला निकायसंग सहकार्य गरेर अघि बढ्ने छौं ।’ शिखर समाचार संगको कुराकानिमा उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी, प्रशासन तथा अन्य स्वास्थ्यसंग काम गर्ने संघ संस्थाहरुलाई सघाउँन समेत तयार रेहको बताए ।

संस्थाले यस अघि शिखर नगरपालिकालाई १ सय ५० थान माक्स उपलब्ध गराएको थियो । माक्सको अभाव भएको समयमा नयाँ समाज नेपालले माक्स उपलब्ध गराएपछि ठुलो राहत महशुस भएको नगर प्रमुख सिताराम जोशीले बताए ।

वाड नं. ४ का युवाहरुको पहलमा २०७५ सालमा स्थापना भएको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाले खेलकुदक संग सम्बन्धि बिभिन्न कार्यहरु गर्दै आएको छ । यस अघि संस्थाले प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना र निःशुलक स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७६ चैत्र १६

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP