२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

के.आई.सिंह गाउँपालिकाे संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम प्रदेश स्थित के.आई.सिंह गाउँपालिका डोटी जिल्लामा रहेको छ ।  के.आई.सिंह गाउँपालिका साविकको दुर्गामाण्डौ,रानागाउँ, तिखात्तर,भुमिराजमाण्डौ र बासुदेवी गा.वि.स मिलेर बनेको हो र यस गाउँपालिमा कूल ७ वडा रहेका छन् ।

१२७.०१ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको के.आई.सिंह गाउँपालिकाको भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम र बाेगटान गाउँपालिका, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा.  र  दक्षिणमा बाेगटान गाउँपालिका  रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३० डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ ।

के.आई.सिंह गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट के.आई.सिंह गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय साविककाे दुर्गामाण्डाै गा.वि.स. हाल के.आई.सिंह गा.पा.०४,वायलमा रहेकाे छ । यो समुद्री सतहदेखि १३८७.४५ मि. को उचाइँमा काठमाडौं देखि ८५० कि. मि.को दूरीमा र दिपायलबाट करिब २१ कि.मि. दूरीमा स्थित रहेको छ ।

साल २०६८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २०,९०३ रहेको थियो  भने हालको village profile को आधारमा कुल जनसंख्या २६६१३ रहेको छ। यस क्षेत्रको जनसंख्या वृद्धिदर ३.९% अनुमानित रहेको छ । प्रमुख चाडपर्व: स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तै स्थानीय स्तरमा मनाइने प्रमुख चाडपर्वहरु दशैं, तिहार,  होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ ।

स्थापना : २०७३ साल फागुन २७ गते

भौगोलिक अवस्थिति कूल क्षेत्रफलः १२७.०१ बर्ग कि.मि. काठमाण्डौं देखि को दुरीः ८५० कि.मि. उचाईः १३८७.४५ मि.

जम्मा जनसंख्याः २६६१३ (Village Profile अनुसार)

राजनैतिक बिभाजन सुदूर पश्चिम, प्रदेश, जिल्ला डाेटी,

संसदीय निर्वाचन क्षेत्र नम्बर १, प्रदेश निवार्चन क्षेत्र नम्बर २, वडा संख्या ७

सिमाना पुर्वः पूर्वमा अछाम र बाेगटान गाउँपालिका ,पश्चिममा बडीकेदार गाउँपालिका र शिखर न.पा., उत्तरमा दिपायल शिलगढी न.पा. र शिखर न.पा.  र  दक्षिणमा बाेगटान गाउँपालिका

Related News

कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार
कोरोना हबमा साइन नेपाल : १२० जना संक्रमितलाई पोषण आहार
  • २०७८ असार १३

डोटी- आदर्श गाउँपालिका–१ चाँसी कोरोना केन्द्र स्थल (कोरोना हब) बनेको छ । एउटै गाउँका ९० जना भन्दा बढीमा कोरोना भाइरसको...

रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान
रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान
  • २०७८ असार १३

कैलाली– सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय...

डोटीमा कांग्रेसको कोभिड -१९ अनुगमन समिति विस्तार, महामारी नियन्त्रणका लागि काम गर्ने
डोटीमा कांग्रेसको कोभिड -१९ अनुगमन समिति विस्तार, महामारी नियन्त्रणका लागि काम गर्ने
  • २०७८ असार १३

डोटी – डोटीमा नेपाली कांग्रेसको कोभिड –१९ अनुगमन समिति विस्तार गरिएको छ । केन्द्रमा पार्टीका सहमहामन्त्री प्रकाशरण महतको संयोजकत्वमा रहेको...

TOP