आदर्श गाउँपालिका २ बावनकाँडाका ५ जना सेल्फ क्वारण्टाइनमा बसेका छन् । उनिहरु गाउँ नजिकैको नवादेव आधारभुत बिद्यालयमा क्वारेण्टाइनमा बसेका छन् । ३ जना भारत र २ जना काठमाण्डौंबाट गाउँ फर्किएका ति ब्यक्तिले स्वयम् इक्षायर सेल्फ क्वारेण्टाइनमा बसेको बताएकाछन् ।
काठमाण्डौंबाट गाउँ आएका बिजयराज ओझा र विश्वनाथ ओझा क्वारेण्टाइनमा बसेका छन् । त्यस्तै भारतको मुम्बै बाट आएका राम प्रसाद ओझा, हेमराज ओझा र पन्जाव हरियणाबाट आएका रमेश कोली सेल्फ क्वारेण्टाइनमा बसेका हुन् ।
‘हामी सेल्फ क्वारेण्टाइनमा बसेका छौं । यो कुरा गाउँपालिकालाई पनि जानकारी गराएकाछौं,क्वारेण्टाइनमा बसेका बिजयराज ओझाले शिखर समाचार संग भने,‘हामिलाई सेनेटाइजर , ग्लोव्स , माक्स लगायतका सामग्रीको अभाव छ त्यसको व्यवस्था गरिदिनु प¥यो ।’ क्वारण्टायनमा बसेका पाँचै जनाको अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...