२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday
अक्सिजन सहितका १० बेडको व्यवस्था

बडीकेदार सरकारले स्थापना गरेको अस्थायी कोभिड अस्पतालमा संक्रमितको उपचार सुरु

डोटी: डोटीको बडीकेदार गाउँपालिकामै कोरोना संक्रमितको उपचार भइरहेको छ। गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालले सोमबारबाट उपचार सुरु गरेको हो।

अस्पतालमा आइसोलेसन कक्षसहित १० वटा बेडको व्यवस्था गरिएको छ। ती १० वटै बेडमा अक्सिजन समेत व्यवस्था गरिएको छ। 

संक्रमितको उपचारमा एमबीबीएस डाक्टर सुरज श्रेष्ठसहितको टिम खटिएको छ। अहिले कोभिड अस्पतालमा मेडिकल अधिकृतसहित एकजना हेल्थ एसिसटेन्ट, एकजना अनमी, एकजना सिएमए र एक जना कार्यालय सहयोग कार्यरत छन्। 

हाल उक्त अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको डाक्टर श्रेष्ठले बताए।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७८ बैशाख २८

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP