२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday
अक्सिजनको कमी, भेन्टिलेटर र आइसियूको अभाव

डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु : ८ जना अक्सिजनको साहारामा

अक्सिजनको कमी, भेन्टिलेटर र आइसियूको अभाव

डोटी– डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुई महिना अघि भारतबाट आएका मृतक पुरुष स्वास्थ्यमा समस्या देखिएपछि १८ गते जिल्ला अस्पताल भर्ना भएका थिए । उनको २० गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई अक्सिजनको साहारामा राखिएको थियो । कोरोनाले कडा खालको निमोनिया देखिएका उनको बुधबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले बताए ।

जिल्ला अस्पतालमा भर्ना गुर्न अघि उनको उपचारका लागि डोटीका अन्य अस्पतालमा लागिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि जिल्ला अस्पताल ल्याइएको मृतकका आफन्तले बताए ।

८ जना अक्सिजनको साहारामा

अस्पतालमा भर्ना भएका ८ जना बिरामीलाई अक्सिजन चढाइएको छ । अक्सिजन साहायतामा उपचार भैरहेका ८ जना मध्य ५ जनामा कोरोना पुष्टि भैसकेको छ भने ३ जनाको रिपोर्ट आउँन बाँकी छ । अक्सिजनको साहारामा रहेका बिरामीहरु २५ देखि ६० वर्ष उमेर समुहका रहेको कोरोना फोकल पर्सन फुलाराले बताए ।

जिल्लामा अक्सिजनको कमी, भेन्टिलेटर र आइसियूको अभाव

जिल्लामा जटिल स्वास्थ्य समस्या भएका संक्रमित पढ्दै गएपछि अक्सिजनको अभाव हुने अस्पतालले जनाएको छ । धनगढी र डडेल्धुराबाट अक्सिजन मगाउनु पार्ने बाध्यता रहेको जिल्ला अस्पतालमा अहिले भर्ना भएकाहरुमध्य अक्सिजनको आवस्यकता पर्ने थप बिरामी भर्ना भए अक्सिजनको अभाव झेल्नुपर्ने कोरोना फोकल पर्सन फुलाराले बताए । ‘हामीले डडेल्धुरा वा धनगढीबाट अक्सिजन खपत गर्ने हो, फुलाराले भने,‘उतै अक्सिजनको अभाव हुन थालेको छ, हाम्रोमा अक्सिजनको आवस्यकता भएका बिरामी थपिदै गए अक्सिजनको अभाव हुनजान्छ ।’

अहिले अस्पतालमा अक्सिजनको साहारामा उपचार भैरहेका बिरामीहरुलाई जतिबेला पनि भेन्टिलिटर वा आइसियूको आवस्यकता पर्न सक्ने फुलाराले बताए । जिल्ला अस्पतालमा भेन्टिलिटर र आइसियूको व्यवस्था छैन । भेन्टिलिटर र आइसियूमा राख्नुपर्ने बिरामीहरुलाई डडेल्धुरा वा तराइका जिल्लाहरुमा रिफर गर्नुपर्ने हुन्छ । कतिपय बिरामीहरुलाई भेन्टिलिटर र आइसियूको जरुरत पर्न सक्छ भनेर रिफर गर्न खोजेको बताउँदै फुलाराले अन्य ठाउँमा बेड खाली नभएका कारण बिरामीका आफन्तको अनुरोधमा अक्सिजनकै भरमा जिल्लामै राखिएको बताए ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७८ बैशाख २२

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP