२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

कोरोना संक्रमण भएकी नेपाली महिलाले लेखिन् यस्तो भावुक स्टाट्स

बेलायतको लण्डनमा बसोबास गर्दै आएकी लम्जुङ तारकुघाटकी भगवती रानाभाटमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी गरेकी हुन्।

उनले यो संक्रमण अत्यन्तै पीडादायी रहेको बताउँदै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको जानकारी गराएकी छिन्। उनले आज १३ दिनसम्म पनि निको हुने संकेत नदेखिएको फेसबुकमा भावुक स्टाट्स लेख्दै भनेकी छिन् । उनले यसबाट अरु सबै सचेत बनुन् र आफ्नो जस्तो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले यो जानकारी शेयर गरेको बताएकी छिन्।

फेसबुकमा उनले लेखेको स्टाटस यस्तो छः

‘१० दिनको सेल्फ़ आइसोलेसन पछि कोभिड–१९ सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र १०

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP