२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

नेकपा सुदूरपश्‍चिमको बैंक खाताबाट कहाँ गयो ३० लाख बढी रकम

पार्टीको खाता रोक्‍का गर्न बैंकलाई प्रचण्ड-माधवको पत्राचार

कैलाली- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिमको बैँक खाताहरु प्रचण्ड-नेपाल समूहका नेता भिम रावल समर्थित कार्यकर्ताहरुले नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।

उक्त खाताहरुमार्तफ ३० लाखभन्दा बढी रुपैयाँ झिकिएको बताइएको छ । पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको बताइएको छ ।

नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाएका हुन् ।

थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको आरोप समेत लगाएका छन् । उनले बैंकका कर्मचारीमा समेत रकम झिक्ने कार्यमा संलग्‍न भएको दाबी गरेका छन् ।

नेकपाको सम्पत्तिमा विवाद : पार्टीको खाता रोक्‍का गर्न बैंकलाई पत्राचार

नेकपा विभाजनको अन्तिम बिन्दुमा पुगेको अवस्थामा प्रचण्ड-नेपाल समूहले नेकपका खाताहरु रोक्का गर्न पुस १२ गते सबै बैंकहरुलाई पत्राचार गरेका छन् । तर, बैंकहरुले यो काम आफूबाट हुन नसक्ने भएकोले राष्ट्र बैंकलाई जानकारी गराइएको बताएका छन् ।

नेकपामा विभाजन देखिएपछि पार्टी कार्यालयसहितका चल-अचल सम्पत्ति कब्जा गर्ने हानथाप चलिरहेको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ पुष १६

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP