२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ कायम

काठमाडौं- करिब तीन सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज पनि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा यो मूल्य एक हजार रुपैयाँ बढी हो।

हिजो बिहीबार छापावाल सुनको मूल्य एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पाँच सय रुपैयाँ कायम हुँदा चाँदी तोलाको १ हजार ४०५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। उक्त दिन छापावाल सुन तोलाको एक हजार ३०० सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो। त्यसयता आठ हजार ८०० रुपैयाँ बढिसकेको छ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ श्रावण २३

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP