२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

सुदूरपश्चिम प्रदेश सरकारले २२ हजार किट खरिद गर्दै

धनगढी : विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा उलेख्य भूमिका खेल्न नसकेको आरोप खेपिरहेको सुदूरपश्चिम सरकारले आवश्यक समाग्री खरिदको प्रक्रिया थालेको छ।

सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ढिलै भएपनि कोरोना भाईरसको परीक्षणका लागि आवश्यक पर्ने किट लगायतका स्वास्थ्य समाग्री खरिदको प्रक्रिया सुरु गरेको हो।

केन्द्रका फार्मेसी सुपरभाईजर जयन्द्र बोगटीले कोरोना परीक्षणका लागि २० हजार र्‍यापिड किट र दुई हजार पीसीआर किट गरी २२ हजार किट लगायतका अन्य स्वास्थ्य सामाग्री खरिदको प्रक्रिया अगाडी बढेको बताए।

उनका अनुसार आपूर्ति व्यवस्थापन केन्द्रले कोरोना शंकास्पद विरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने दुई हजार भिटिएम, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने पीपीई सेट पाँच सय र एक हजार केएन–९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको थियो।

आईतबार बेलुका ५ बजे सम्म बोलपत्र पेश गर्ने अन्तिम समय तोकिएकोमा पाँच जना आपूर्तिकर्ताको बोलपत्र पेश गरेका छन्। अब ती बोलपत्रको प्राविधिक मूल्याङकन गरी आपूर्तिकर्ता छनौट गर्दै ठेक्का प्रक्रियामा लैजाने तयारी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ १२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP