२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

एआई पोट्रेट फोटोग्राफी सहित अनर २०० सिरिज नेपाली बजारमा, सुरुवाती मूल्य ६५ हजार

काठमाडौं– प्रिमियम हार्कोर्ट पोट्रेटका लागि चर्चा पाएको अनर २०० सिरिज नेपाली बजारमा उपलब्ध भएको छ । अनरका लागि आधिकारिक वितरक सेल्ट्रोन नेपालले बुधबारदेखि यो फोन खरिदका लागि उपलब्ध गराएको हो ।

यस सिरिजमा विभिन्न उपहार घोषणा गरिएको छ । ‍फोन खरिद गर्दा ग्राहकले अनर च्वाइस वाच, च्वाइस इयरबड्स एक्स फाइभ र अन्य अफर पाउनेछन् । २४–३१ जुलाईसम्म फोन खरिद गर्ने ग्राहक अफरमा सहभागी हुन सक्नेछन् ।

यो अवधिमा अनर २०० फाइभजी खरिद गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँ पर्ने अनर क्वाइस वाच १९ सय ९९ रुपैयाँमै किन्न पाउनेछन् । त्यस्तै स्क्रिन ब्रेकेज बीमाको सुविधा पनि उपलब्ध हुनेछ ।

त्यस्तै यो अवधिमा अनर २०० प्रो फाइभजी फोन खरिद गर्ने ग्राहकले १३ हजार ९९९ पर्ने अनर च्वाइस वाच, ५,४९९ रुपैयाँ पर्ने अनर च्वाइस इयरबड्स एक्स फाइभ निःशुल्क पाउनेछन् । त्यस्तै स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड समेत उपलब्ध हुनेछ ।

कस्तो छ अनर २०० सिरिज ?

एआई पोट्रेट फोटोग्राफी

अनर २०० सिरिजले पेरिसको सबैभन्दा महँगो एवं चर्चित स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ । यो स्टुडियोमा एउटा फोटोशुटका लागि दुई हजार युरो तिर्नुपर्ने हुन्छ । यस सहकार्यबाट अनरले तीन ओटा हार्कोर्ट पोट्रेट मोडका साथै उत्कृष्ट एआई पोट्रेट उपलब्ध गराएको छ ।

अनर २०० सिरिजमा ५० मेगापिक्सेलको पोट्रेट मुख्य क्यामेरा छ । कम्पनीका अनुसार यो अत्याधुनिक एआई र हार्डवेयरद्वारा सञ्चालित छ । यसले प्रकाश जस्तोसुकै अवस्थामा भए पनि आकर्षक फोटो खिच्ने कम्पनीको दाबी छ ।

यसमा सुपर डाइनामिक एच ९००० सेन्सर र फोर इन वन पिक्सेल बिनिङ टेक्नोलोजी ‍छ, जसले गर्दा कम प्रकाश हुँदा पनि फोटो स्पष्ट निकाल्ने कम्पनीले जनाएको छ ।

यसमा ५० मेगापिक्सेलको पोट्रेट टेलिफोटो क्यामेरा पनि छ । सोनी सेन्सरद्वारा सञ्चालित यस क्यामेराले टाढाका वस्तुको स्पष्ट फोटो खिच्ने कम्पनीको दाबी छ ।

सेल्फी पारखीका ५० मेगापिक्सेलको सेन्सर छ ।

ब्याट्री र चार्जिङ

अनर २०० र २०० प्रोमा ५२०० एमएएच क्षमताको ब्याट्री छ । म्युजिक मात्र सुन्ने हो भने एक पटक चार्ज गर्दा यो फोनको ब्याट्री ६१ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ ।

यस सिरिजले १०० वाट चार्जिङ सपोर्ट गर्छ । २०० प्रोले ६६ वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

पर्फमेन्स

अनर २०० प्रोमा स्न्यापड्रागन ८ एस जेन थ्री चिपसेट राखिएको छ । यसले सिमलेस ग्राफिक्स रेन्डरिङ गर्न सक्छ । यसमा भएको सीपीयूले ३ हर्जसम्मको स्पिडमा काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा अनर २०० प्रो फोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

त्यस्तै अनर २०० मा स्न्यापड्रागन ७ जेन थ्री चिपसेट छ । यो फोन नेपाली बजारमा १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

अनर २०० सिरिज फाइभजी कनेक्टिभिटी सपोर्ट गर्ने सिरिज हो ।

आँखालाई कम्फर्ट दिने डिस्प्ले

अनर २०० सिरिजले ३८४० हर्ज जोखिममुक्त डिमिङ र न्याचुरल टोन २.० समावेश गरिएको छ । लाइट अनुसार स्क्रिनको स्टाइल एडजस्ट गर्न यसमा एआई सेकेडियन नाइट डिस्प्लेको सुविधा दिइएको छ ।

त्यस्तै यसमा भएको १.५ के क्वाड–कर्ल्ड फ्लोटिङ डिस्प्लेमा ४००० निट्सको पिक एचडीआर ब्राइटनेस पाइने कम्पनीको भनाइ छ ।

म्याजिक अपग्रेड

म्याजिक ओएस ८.० भएको अनर २०० सिरिजमा म्याजिक पोर्टल, म्याजिक क्याप्सुल र म्याजिक रिङ जस्ता फ्ल्यागशिप फिचर छन् । यसबाहेक यस सिरिजले ओआईएस र स्टेरियो स्पिकर सपोर्ट गर्छ ।

मूल्य र उपलब्धता

अनर २०० प्रो ओसन सायन र ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । त्यस्तै ​अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध छ ।

अनर २०० (१२+२५६ जीबी) भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ र १२+५१२ जीबी भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै अनर २०० प्रोको मूल्य ८४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८१ श्रावण १०

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP