धनगढी– सानीमा रिलाइन्स इन्स्योरेन्स कम्पनी प्रदेश कार्यालय धनगढीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरपोर्ट कैलाली बस्ने निशा शाहीलाइ विहिवार मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरिएको हो ।
शाहीको घरमै गएर पाँच लाख पाँच हजार दाबी भुक्तानी रकम हस्तान्तरण गरेको सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढीका क्षेत्रिय शाखा प्रमुख हेमन्त सिंहले बताए ।
निशा शाहीका श्रीमान कालु सिंहको २०८१ जेठ १ गते मृत्यु भएको थियो । मृतक कालुले इन्स्योरेन्स कम्पनीमा पाँच लाख वरावरको जीवन बिमा गरेका थिए । मृतक कालुले २ किस्ता मात्र बिमा भरेका थिए । उनलाई धनगढी वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशी, सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेतीले मृतक दावी भुक्तानी हस्तान्तरण गरेका थिए ।
सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख उप्रेतीले मृतक दाबी भुक्तानी रकमले केही मात्रामा मृतकका आफन्तलाइ राहत पुग्ने बताए । विमा गर्नेको संख्या अझै न्युन रहेको वताउदै प्रदेश कार्यालय प्रमुख उप्रेतीले भने –‘जीवन बिमा मानिसको सुख दुःखको साथी हो । बिमाको अभियानलाइ अझ ससक्त रुपमा अगाडि वढाउन जरुरी छ ।’
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...