२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

कालोबजारी गर्ने धनगढीका ग्यास व्यवसायीलाई तीन लाख जरिवाना

कैलाली– धनगढीमा ग्यासमा कालोबजारी गर्ने व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।

ग्राहकबाट बढी रकम असुलेर ग्यास सिलिण्डर बिक्री गर्ने धनगढी उपमहानगरपालिका– ६ मट्यारीमा रहेको शुभ समैजी ग्यास सप्लार्यसका सञ्चालक हेमन्ती पाललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य तथा आपूर्ती कार्यालय धनगढीले जनाएको छ।

वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख कमल पुनमगरले संयुक्त अनुगमनका क्रममा सप्लायर्सले ग्राहकबाट एक हजार तीन सय ४० पर्ने ग्यास सिलिण्डरको एक हजार तीन सय ७५ रुपैँया लिएर बिक्री गरेकाे पाइएपछि जरिवाना गरिएको जानकारी दिए।

सप्लार्यसले चैत १ गतेदेखि वैशाख ६ गतेसम्म बिक्री गरेका एक हजार एक सय ४४ थान सिलिण्डरको बिल समेत जारी गरेको नभेटिएको आपूर्ति कार्यालय प्रमुख पुनमगरले बताए।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख ८

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP