२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं- नेपाली अर्थतन्त्रको अवस्था निकै निराशाजनक देखिएको छ । कोरोना भाइरसको मार खेपिरहेको मुलुक नेपालको यस वर्षको आर्थिक वृद्धिदर १ दशमल ५ सम्ममा झर्ने देखिएको हो ।

विश्व बैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने आँकलन गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । दक्षिण एशियाली क्षेत्रको आर्थिक अवस्थाबारे आइतबार सार्वजनिक प्रतिवेदनमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ मा खुम्चने जनाएको हो ।

बैंकले यो वर्षमात्र उच्च गिरावट हुने नभई सन् २०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने हुँदा आगामी दुई आर्थिक वर्षसम्मको आर्थिक वृद्धिदरमा समेत असर पुग्ने जनाएको छ ।

यसअघि एशियाली विकास बैंकले भने नेपालको आर्थिक वृद्धिदर ४.३  देखि  ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । दुबै बैकका अनुसार नेपालको वृद्धिदर खस्कनुको मूल कारण भने कोरोना भाइरसको संकट नै हो ।

विश्व बैंकले नेपालका अतिरिक्त दक्षिण एशियाका अरु सबैजसो देशपनि कोरोनाका कारण प्रभावित बन्ने उल्लेख गरेको छ । भारत, भुटान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान, श्रीलंका सबैको अर्थतन्त्रको तस्वीर उत्साहजनक छैन ।

सबैभन्दा बढी माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भन्दै बैंकले अफगानिस्तान ५.९ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ । श्रीलंका ३.०, पाकिस्तानको वृद्धिदर २.२ का दरले ऋणात्मक रहने बैंकले उल्लेख गरेको छ ।

नेपाल, भारत, बंगलादेश र भुटानको मात्र वृद्धिदर धनात्मक हुनेछ । जसमध्ये सबैभन्दा बढी वृद्धिदर भारतको ५ सम्म पुग्न सक्नेछ बैंकको अनुमान छ ।

यिमध्ये सबैभन्दा बढी मार पर्यटन उद्योगमा आधारित अर्थतन्त्र भएका मुलुकले ब्यहोर्नपर्ने पनि बैंकले देखाएको छ । देखिएको छ । रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा प्रत्यक्ष असर पर्दा आर्थिक वृद्धि घट्ने जनाइएको छ ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा नराम्रो असर परेको पनि बैंकले जनाएको छ । सामाजिक असमानताका कारण धनी र गरीबबीचको दूरी बढ्ने मात्र नभई गरीबीको संख्या पनि वृद्धि हुने अनुमान बैंकको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP