२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

नेप्से आजपनी ओरालो तर्फ

काठमाण्डाै –  शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ ।

आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ । आज ९६ लाख ७९ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज स्वाभिमान लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यस्तै दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रोपावर, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि आज गोर्खाज फाइनान्सको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७८ मंसिर २७

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP