
सेयर बजार परिसूचक लगातार बढिरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले बढेको सेयर परिसूचक २८३८ बिन्दु नजिक पुगेको छ।
बैंकिङ उपससमूहमा गिरावट भए पनि होटल, उत्पादनमूलक र व्यापारका साथै हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनीजस्तामा उच्च वृद्धि हुँदा नेप्सेमा आइतबार ५५.५ अंकले वृद्धि भएको छ।
गएको साताको पाँच कारोबार दिनमा २२५ अंकले बढेको नेप्से यो साताको पहिलो दिन ५५.५ अंकले वृद्धि हुँदा २८३७.६१ अंक पुगेको छ।
यो सँगै नेप्से लगातार छैठौं कारोबार दिन पनि बढेको हो।
त्यस्तै आइतबार १६२ कम्पनीको मूल्य बढेको छ भने २३ को घटेको छ। त्यस्तै दुई कम्पनीको मूल्य स्थिर छ।
आज कारोबार पनि गत साताको भन्दा उच्च भएको छ। पहिलो दिन आइतबार झन्डै ८ अर्ब (७ अर्ब ८२ करोड बढी) बराबरको सेयर किनबेच भएको छ।
नेप्से अंकसँगै कारोबार रकममासमेत वृद्धि भएको छ । आज करिब आठ अर्बको कारोबार भएको छ । नेप्सेमा आज एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर खरिद/बिक्री हुँदा सात अर्ब ८२ करोड ३२ लाख २६ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज नेप्सेमा विकास बैंक उपसूचक सबैभन्दा धेरै ६.५६ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ५.९६ प्रतिशत, हाइड्रोपावर उपसूचक ५.५ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ५.२९ प्रतिशत र उत्पादनमूलक उपसूचक ५.०२ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक भने ०.१६ प्रतिशतले घटेको छ।
आज नेप्सेमा कारोबार भएका मध्ये ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकामा १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २३ कम्पनीको भने घटेको छ। दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...