२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday

शिखर नगरपालिकाद्वारा ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि

डोटी – शिखर नगरपालिकाले ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गरेको छ । नगरले १० औं नगरसभाबाट माघ १ गते देखि लगु हुने गरी ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीकाे तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

ईसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले मासिक ८ हजार दिने गरेकोमा नगरपालिकाले ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले जानकारी दिए ।

नगरपालिकाले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको शिक्षक महासंघले जनाएको छ । शिखर नगरपालिकामा ७० जना बाल विकास सहजकर्ता र ७० जना विद्यालय कर्मचारी गरी एक सय ४० जना कार्यरत छन् । शिखर नगरपालिकामा जिल्लाका अन्य पालिकाहरु मध्य सबै भन्दा बढी विकास सहजकर्ता र विद्यालय कर्मचारी रहेका छन् ।

बाल लविकास सहजकर्ता र विद्यालय कर्मचारीले न्युनतम सेवा सुविधामा काम गरिरहेको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सेवा सुविधा बढाउने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताए । संघीय सरकारले उनीहरूका लागि कानुन अनुसार कम्तिमा दैनिक ज्याला पर्ने गरि सेवा सुविधा थप गर्नु पर्नेमा उनले जोड दिए ।

त्यस्तै नगर्ले नगरपालिका भित्र रहेका सबै महिला स्वयम सेविका र आमा समुहलाई नगरका तर्फबाट मासिक ५ सय सेवा सुविधा दिने निर्णय गरेको छ । नगरपालिकाले गरेको निर्णयले महिला स्वयम सेविकाको मासिक खर्च र आमा समुहको निरन्तर मासिक बैठक बस्न सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए ।

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७८ माघ २१

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP