२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

साउदको पियारी सार्वजनिक (भिडियो सहित)

डोटी – चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो ।

एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको छ ।

गीतको एरेञ्ज चर्चित लोकदेउडा गायक सुरेश शाहीले गरेका छन् । गीतको म्युजिक भिडियो कटक बुढा र मालती न्यौपानेले गरेका छन् । भने उत्पादन एसएस स्टुडियोले गरेको छ ।

चर्चित देउडा गायक साउँदले यसअघि चारवटा देउडा गीत सार्वजनिक गरिसकेका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ३०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP