भारतको कन्नड भाषाका टेलिभिजन तथा सिने अभिनेता सुशिल गौडा मृत भेटिएका छन्।
आफ्ने घरमा मृत भेटिएका गौडाले आत्महत्या गरेको अनुमान गरिएको छ।
३० वर्षीय अभिनेताको शव उनको मांड्या जिल्लामा रहेको घरमा भेटिएको हो।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ ईण्डियामाका अनुसार प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको र उनको मृत्युको कारण तत्काल थाहा हुनसकेको छैन।
फिटनेस ट्रेनरसमेत रहेका गौडाले एक टिभी सिरियलमा काम गरेका थिए भने उनी अभिनमित ‘सालागा’ नामक सिनेमा रिलिजको क्रममा रहेको छ।
काठमाडौँ – बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा...