२०८३ असार ३, बुधबार
June 17, 2026, Wednesday

फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिजर सार्वजनिक

काठमाडौँ ।  आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको यसअघि तीनवटा गीत सार्वजनिक भइसकेका छन् ।

फिल्मको टिजर:

 

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०८१ भाद्र ८

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP