
डोटी जीप दुर्घटना : एकै परिवारका तीनजना सहित चार जनाको मृत्यु : चार घाइते
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यू भएको छ । चारजना घाईते भएका छन् ।
दिपायलबाट बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र खत्याडीका लागि हिडेको शैलेश्वरी यातायातको म १ च ५५० नम्बरको जीप बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटना राती करिब ११ बजेतिरको हो ।
दुर्घटनामा परी तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि बाटोमा ल्याउदैगर्दा मृत्यु भएको हो ।
बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–७ मा कार्यरत वडासचिव बैतडीको सुर्नया गाउँपालिका – ६ की २७ वर्षिया मञ्जु त्रिपाठी अवस्थी, उहाँकी ६१ वर्षिया सासुआमा दम्बरी अवस्थी र ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआईसिँह गाउँपालिका–४ का ३३ वर्षीय हरिहर नारायण भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रदेव मल्लले जानकारी दिए ।
मृतक वडासचिव त्रिपाठीका चार वर्षिय छोरा मुकुन्द अवस्थीको पनि उपचारका लागि ल्याउदैगर्दा बाटोमा मृत्यु भएको छ ।
घाईते हुनेहरुमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड बोगटान फुड्सिल गाउँपालिका – ७ का ३६ वर्षीय टिकाराम गिरी, वर्ष २८ की उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक कञ्चनपुरको भीमदत्त नगरपालिका – १९ का २८ वर्षीय हेमन्त भट्ट र बोगटान फुड्सिल गाउँपालिका कै वडा नम्बर ६ का २६ वर्षीय चालक कैलाश बम रहेका छन् ।
दुर्घटनामा जीप बाटोबाट करिब दुईसय मिटर तल भीरमा खसेको घटनास्थलमा उद्धारमा खटिएका शेरबहादुर बमले जानकारी दिए ।
चालकसहित चारैजना घाईतेहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई उपचारका लागि अन्यन्त्र पठाउने तयारी भइरहेको छ । जीपमा चालकसहित आठजना सवार रहेको बुझिएको छ ।
घटना राति ११ बजे भएपनि रातको १ बजे मात्रै स्थानीयले जानकारी पाएपछि उद्दार भएको थियो ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...