२०८३ भाद्र ९, मंगलवार
August 25, 2026, Tuesday
प्रदेश ५ राजधानी विवाद

विधान संशोधन मस्यौदा समितिका संयोजकले दिए राजीनामा

बुटवल– प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्टमा तीव्र असन्तुष्टि देखिएको छ। 

सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रदेश सभा बैठक १२ बजेका लागि डाकिएको छ।

सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्। 

बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन्। उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन्। 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ आश्विन १९

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP