२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

आइतबार थपिए २२५३ जना कोरोना संक्रमित : ७ जनाको मृत्यु

आइतबार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ। 

यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको प्रवक्ता गौतमले बताए। 
त्यस्तै मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ रहेको छ। 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ आश्विन १८

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP