
दिपायल- सुदूरपश्चिम प्रदेशका ६ हजार १९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । आईतबार प्रदेशका एक सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हाल सम्म कैलालीका एक हजार आठ सय ३५, डोटीका नौ सय ४७, अछामका नौ सय २४, कञ्चनपुरका सात सय ४१, बाजुराका चार सय ५१, बझाङका चार सय २२, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जनाले कोरोना जितेको दावी गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशका सात हजार तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने सात हजार ५१ जनामा मात्रै संक्रमित रहेको उल्लेख छ ।
सुदूरपश्चिममा हाल सम्म २० जनाको कोरोना संक्रमणका कारणबाट मृत्यु भएको छ ।
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...