२०८१ जेष्ठ ६, आईतवार
May 19, 2024, Sunday
२४ घण्टा भित्र निर्णय सच्याउन माग

सेती प्राविधिक शिक्षालयमा जिल्ला कोटा कटौती गरेको प्रति नेविसंघको आपत्ति

डोटी- सेती प्राविधिक शिक्षालयमा जिल्ला कोटा कटौती गरेको प्रति नेपाल विद्यार्थी संघ डोटीले आपत्ति जनाएको छ । संघले आइतबार शिक्षालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै २४ घण्टा भित्र निर्णय सच्याउन माग गरेको हो ।

नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष गणेश खड्काद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा विगत देखि शिक्षलयले सबै संकाय तर्फ जिल्ला कोटा छुट्टयाउँदै आएकोमा यस बर्ष डिप्लोमा इन फार्मेसीमा जिल्ला कोटा कटौती गरेकोले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ज्ञापन पत्रमा नेवि संघ विद्यार्थीहरुको हकहित र प्राविधिक शिक्षा विकासका लागि लडिरहेको कुरा सबैलाई अबगत भएको उल्लेख गर्दै शिक्षालयको शैक्षिक गुणस्तर विकासका लागि सधै साथ सहयोग गर्न तयार रहेको बताईएको छ । नेविसंघले शिक्षलय समतिको बैठकले जिल्ला कोटा समावेस नगरी खुल्ला कोटाबाट विद्यार्थी भर्ना प्रक्रिया निर्धारण गरेको निर्णय २४ घण्टा भित्र सच्याएर जिल्ला कोटा कायम गर्न माग गरेको छ ।

जिल्ला कोटा निर्धारण गर्दा दुरदराजका गरिव तथा जेहन्दार विद्यार्थीहरु लाभान्वित हुने हुँदा सो निर्णय तत्काल सच्याउन जोडदार माग गरिएको नेविसंघले जनाएको छ । ज्ञापन पत्रमा निर्णय नसच्याए नेविसंघ चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिदै आन्दोलनबाट हुने सम्पुर्ण क्षतीको जेम्मेवारी स्वयम् शिक्षालय हुनु पर्ने उल्लेख छ ।

नेविसंघले यस अघि शिक्षालय समतिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीसँग पनि यस विषयमा कुरा गरिसकेको अध्यक्ष खड्काले बताए । ‘यस अघि सुदूरपश्चिमका प्रत्यक जिल्लाका दुई वटा कोटाहरु निर्धारण गर्ने गरिएको थियो अध्यक्ष खड्काले शिखर समाचारसँग भने,‘अहिले शिक्षालय रहेको दिपाय सिलगढीका दुई जनाको लागि मात्रै कोटा निर्धारण गरेर कटौती गरिएको छ । यो नेविसंघका लागि मान्य छैन । निर्णय नसच्चिए नेवि संघले २४ घण्टा भित्रै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।’

Related News

विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
विद्यालयमा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन, ६७७ जनाले पाए सेवा
  • २०७७ आश्विन ११

दिपायल ५ जेठ- सरस्वती मावि रानागाउँमा एक दिने स्वास्थ्य शिविर...

TOP