२०८३ बैशाख ६, आईतवार
April 19, 2026, Sunday

गाउँपालिकाको उपाध्यक्षका उमेदवार सहित १६० जना काँग्रेस प्रवेश

डोटी- केआईसिंह गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक सय ६० जना काँग्रेसमा प्रवेश गरेका छन् । शनिवार वायलमा आयोजित कार्यक्रममा राप्रपाबाट गाउँपालिकामा उपाध्यक्षको उम्मेदार रहेकी कमला शाही सहित एक सय ६० जना कांग्रेस प्रवेश गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाको पकेट क्षेत्र मानिने केआईसिंह गाउँपालिका वडा नं ४ लेककोटबाट ३ जनाबाहेक पुरै गाउँ नै कांग्रेसमा प्रवेश गरेको छ । लेककोटबाट ै राष्ट्रिय जनमोर्चाबाट वडासदस्यकी उम्मेद्वार रहेकी कन्थरी भुलको नेतृत्वमा १०३ जनाले कांग्रेसको सदस्यता लिई पार्टी प्रवेश गरेका छन् ।

सोही कार्यक्रममा तत्कालिन एमालेबाट वडा सदस्यको उम्मेवार रहेकी वडा नं ५ जमलकट्टेकी राधा बिकको नेतृत्वमा १२ जना , वडा नं ३ को दल्ल र देउरडीबाट नेकपा परित्याग गरि १६ जना , वडा नं १ को डुम्राकोटबाट १२ जना र वडा नं ७ को बलायर गाउँबाट १७ जना कांग्रेस प्रबेश गरेको नेपाल दलित संघ केआईसिंहका अध्यक्ष प्रकाश परियारले जानकारी दिए ।

शनिबार वायलमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघले भेला बोलाएको थियो । भेलामा नव प्रवेशीलाई सुदूरपश्चिम प्रदेश सभाका सांसद टेक बहादुर रैकाले स्वागत गरेका थिए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ आश्विन ११

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP