२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

बाजुराको स्वामिकार्तिकमा ज्वरोले दुई बालकको मृत्यु

बाजुराको स्वामिकार्तिक गाँउपालिकामा ज्वरोले दुई वालकको मृत्यु भएको छ।

गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोरा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विकको ५ महिनाको छोराको मृत्यु भएको स्थानीय शिक्षक जनेश भण्डारीले वताए।

चतुरे थापाको छोराको यहि चैत ५ गते र भर्बल बिकको छोराको ४ गते मृत्यु भएको उनले बताए । स्थानीयका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आएपछि मृत्यु भएको हो।

उनीहरुमा अत्याधिक ज्वरो आउने खोकी लाग्ने, जस्ता लक्षणहरु देखा परेका थिए। रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडीमा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले बताए। रोग एकसाता देखी फैलिएको उनको भनाई छ।

‘रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन्, रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ’ फयाल गाँउका स्थानीय आनन्द बुढाले भने–‘फयाल गाँउमा मात्र ६० जना भन्दा बढि बिरामी रहेका छन्।’

ज्वरो आउने टाउको दुख्ने, खोकी लाग्ने हातखुट्टा दुख्‍ने लगायतका लक्षणहरु देखापरेको उनले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवनयापन नै अस्तब्यस्त रहेको आनन्द बुढाले बताए।

स्वास्थ्य संस्थामा भने औषधि नरहेको उनले बताए। गाउँपालिका अध्यक्ष चिरञ्जिवी शाहीले मृत्यु भएको र बिरामी भएको खबर आएको बुझेर स्वास्थ्यकर्मी पठाउने बताए।

वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले वडाबाट अहेब विर्ज विकलाई विहिवार प्रभाबित क्षेत्रमा पठाएको बताए। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले यो बारेमा जिल्लामा जानकारी नआएको बताए।

प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले आफुलाई कुनै जानकारी नभएको बताएका छन्।स्वामीकार्तिक गाँउपालिका वडा नम्बर १ र २ सदरमुकाम बाट निकै दुर्गम ठाँउ हुन्। -रासस

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७६ चैत्र ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP