२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

छोरा मण्डपबाट भागेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह

बाबु आमाको दबाबमा आएर मानिसहरुले विवाह गर्छन् तर बारम्बार गाली गलौज गरेर निर्दोष युवतीलाई मानसिक पिडा दिन्छन् । यस्तो विवाहले कसैलाई पनि शान्ति दिदैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इच्छा अनुसारको मानिससँग विवाह गरेर आफ्नो जीवन आफ्नो किसीमले बिताउन सकिन्छ ।

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए । एजेन्सी

Related News

फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि
फ्लाइटमा एक्कासि अश्लील फिल्म चल्न थालेपछि
  • २०७७ भाद्र २३

सिड्नी । अस्ट्रेलियाको सिड्नीबाट जापानको हानेदा जाँदै गरेको क्वान्टास एयरवेजको...

TOP