२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

अछाममा खोलाले बगाएर आमा सहित ३ छोराछोरीको मृत्यु

अछाम- अछाममा खोलाले बगाएर एउटै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा संगै उनका दुई छोरी र १ छोरा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका –९ तानकोटका ३३ बर्षिया देवा बोहरा, उनकी १४ वर्षीया छोरी बिपना बोहरा, एक वर्षीया छोरी आकृति बोहरा र ७ बर्षे छोरा हेमन्त बोहरा रहेका जिल्ला प्रहरी कार्याय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।

उनका अनुसार कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा चारै जनाको बगेर मृत्यु भएको हो । घटना कालिकोट तर्फ भएको उनले बताए ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७७ श्रावण ३२

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP