२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

रातभर अस्पताल चहारेकी युवतीको उपचार नपाएर मृत्यु

वीरगञ्ज – वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको हाे।

वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि अटोमा राखेर डुलाउँदा डुलाउँदै मृत्यु भएको आफन्तले बताएका छन्।

लामालाई शुक्रबार राति १० बजेको समयमा स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल लगिए पनि कुनै पनि अस्पतालले भर्ना गर्न नमानेको उनका भिनाजु रुपेश सिंहले बताए।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ श्रावण २४

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP