२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

अछाममा अज्ञात रोगले भैँसी र बाख्रा मरे

धनगढीः अछाममा अज्ञात रोगका कारण दुई भैँसी सहित सात पशु चौपाया मरेका छन्।

 जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात रोगका कारण दुई भैँसी र पाँच बाख्रा मरेका हुन्।

स्थानीय नन्द सिह बोहराका तीन बाख्रा, रुपा बोहराका दुई बाख्रा र नरेश बोहराका दुई भैँसी मरेका हुन्।

घाँसपानी नखाने र पेट फूल्ने समस्या देखिएर पशुचौपाया मरेको स्थानीयले बताएका छन्। 

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७७ श्रावण २३

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP