२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

कतारको लागि श्रम स्वीकृति बन्द, करिब ३ हजार कामदार रोकिए

सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतारले नै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।

गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो ।

Related News

आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म सरकारका महत्वपूर्ण निर्णय
आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म सरकारका महत्वपूर्ण निर्णय
  • २०७६ चैत्र ५

आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म...

TOP