२०८१ बैशाख २०, बिहीबार
May 2, 2024, Thursday

बलिउड कलाकार अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोना संक्रमण

एजेन्सी-बलिउड कलाकार अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।अनुपमले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यस बारेमा जानकारी दिएका हुन् । ट्वीटरमा आफ्नो आमालाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन्। ट्वीटरमा उनले लेखेका छन्, ’मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।

म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु। यस अघि शनिबार मात्रै बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना संक्रमित बनेका छन् । उनीहरुको अहिले मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ ।कोरोना देखिएपछि अमिताभ बच्चनको निवास जलसालाई कन्टेन्टमेन्ट क्षेत्र घोषित गरि सील गरिएको समाचारमा जनाइएको छ ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०७७ असार २८

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP