२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

सुदूरपश्चिममा दुई प्रतिशत संक्रमित मात्रै अस्पतालको आइसोलेशनमा

खबर कुञ्ज

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दिनहु बढ्दै गइरहेको भए पनि उनीहरुको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पु¥याइएको छैन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बीहिबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी सङ्क्रमितको सङ्ख्या तीन हजार नौ्रँ सय ६ पुगेको छ।

स्वास्थ्य समस्या र रोगको लक्षण देखिएपछि मात्रै सङ्क्रमितलाई अस्पतालमा स्थापना गरिएका आइसोलेशन कक्षमा राखेर उपचार गरिने नीति अवलम्बन गरिँदा झण्डै ९७ दशमलव ७१ प्रतिशत सङ्क्रमित क्वारेन्टाइन र घरमै बसिरहेका छन्। निर्देशनालयको तथ्याङ्क हेर्दा दुई दशमलव२८ प्रतिशत सङ्क्रमितको मात्रै आइसोलेशन कक्षमा उपचार भइरहेको छ।

त्यसैगरी सङ्क्रमणको आशङ्कामा रहेका १५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ। यता स्थानीयवासी भने सङ्क्रमितलाई आइसोलेशनमा नराखेर घर पठाउँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै त्रासमा छन्। “भारतबाट आएकालाई यहाँ क्वारेन्टिनमा राखियो,” कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का व्यवसायी सुरेन्द्र बमले भने, “सङ्क्रमण पुष्टि भएकालाई घर पठाउँदा समुदायमा सङ्क्रमणको सम्भावना धेरै भयो।”

उनले सङ्क्रमितलाई होम क्वारेन्टिनमा बस्न भनिएपनि बसाइ सुरक्षित नभएको बताए। “सङ्क्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,” उनले भने, “अहिले बाणी क्षेत्रमा मात्रै सय भन्दा बढी सङ्क्रमित घरमा हुँदा सङ्क्रमणको त्रास बढेको छ।”

पुरा समाचार पढ्नुस् https://www.khabarkunj.com/node/2238

Related News

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट छुट्यायो
  • २०७७ असार २६

सुदूरपश्चिम सरकारले सवारी साधन खरिदमा रु. ३० करोडभन्दा बढी बजेट...

TOP