२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

नेपालमा भारतीय न्‍यूज च्‍यानलहरुको प्रसारण बन्द

काठमाडौँ- केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्‍यक्ष दिनेश सुवेदीले जानकारी दिए।

उनले भने, ‘नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएकाले हामीले भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्‍यानलहरुको प्रसारण साँझदेखि रोकेका हौँ।’ उनले भारतीय च्‍यानलहरुको प्रसारण  बन्द गरिए पनि  औपचारिक निर्णय भने भोलि मात्रै गरिने बताए।

जीन्‍यूज, आजतक, एबिपीलगायत समाचार च्यानलहरु बन्द गरिएका हुन्। बिहीबार साँझदेखि नेपालमा कुनै पनि भारतीय न्युज च्यानलहरु प्रसारण भएका छैनन्।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०७७ असार २६

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP