२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

घरमा मृत भेटिए भारतीय अभिनेता गौडा, आत्महत्याको आशंका

भारतको कन्नड भाषाका टेलिभिजन तथा सिने अभिनेता सुशिल गौडा मृत भेटिएका छन्।

आफ्ने घरमा मृत भेटिएका गौडाले आत्महत्या गरेको अनुमान गरिएको छ।

३० वर्षीय अभिनेताको शव उनको मांड्या जिल्लामा रहेको घरमा भेटिएको हो।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ ईण्डियामाका अनुसार प्रहरीले उनको मृत्युका बारेमा अनुसन्धान गरिरहेको र उनको मृत्युको कारण तत्काल थाहा हुनसकेको छैन।

फिटनेस ट्रेनरसमेत रहेका गौडाले एक टिभी सिरियलमा काम गरेका थिए भने उनी अभिनमित ‘सालागा’ नामक सिनेमा रिलिजको क्रममा रहेको छ।

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०७७ असार २५

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP